PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एन्फा ग्रासरुट प्रोग्राम : १० जिल्लालाई १० लाख, ३५ जिल्लालाई पाँच लाख



पहिलोपोस्ट

एन्फा ग्रासरुट प्रोग्राम : १० जिल्लालाई १० लाख, ३५ जिल्लालाई पाँच लाख

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले जिल्लामा ग्रासरुट फुटबलको विकास गर्न फिफा फरवार्ड प्रोग्रामअन्तर्गत ४५ जिल्ला संघलाई नगदसहित फुटबल सामाग्री प्रदान गरेको छ।

एन्फाले उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको उपस्थितीमा मंगलबार आफूसँग आबद्ध ४५ जिल्ला फुटबल संघलाई नगद र फुटबल सामाग्री प्रदान गरेको हो।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा एन्फाले ४५ मध्ये १० जिल्लालाई नगद १० लाख फण्डको चेक हस्तानतरण गरेको छ भने ३५ जिल्लालाई ५ लाख को चेक प्रदान गरेको हो।

भौतिक पूर्वाधार निर्माण गर्नको लागि एन्फाले सुगम र दुर्गम छुट्याएर नगद रुकम उपलब्ध गराएको हो। १० जिल्ला बाग्लुङ, धनकुटा, दोलखा, इलाम, काभ्रे, लमजुङ, पाल्पा, पाँचथर, सिन्धुपाल्चोक र स्याङ्जाको लागि भने एन्फाले थप १० लाख उपलब्ध गराएको हो।

यस्तै १ लाख बराबरको फुटबल सामाग्रीमा एन्फाले बल, बिब्स र कोन प्रदान प्रदान गरेको हो।

रक्षामन्त्री पोखरेलले ४५ जिल्ला फुटबल संघका पदाधिकारीलाई नगद चेक प्रदान गरेका हुन्।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले ग्रासरुट फुटबल नै फुटबल विकासको लागि आधार भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell