PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

आज विजोर नम्बरका सवारीमात्र चल्न पाउने



पहिलोपोस्ट

आज विजोर नम्बरका सवारीमात्र चल्न पाउने

काठमाडौँ : विम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौं उपत्यकाका सबै सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू  भएको छ। 

चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले पहिलोपोस्टलाई बताए। 

आज, भोलि र पर्सि  उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गर्ने भएको हो। 
नियम अनुसार आज विजोर सवारी साधन मात्र चल्न पाउने छन्। 

एसपी लम्सालले भने, 'अत्यावश्यक बाहेकका सवारी साधनमा यो नियम लागू हुनेछ।' 

सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने उनले बताए।

भोलि जोर नम्बर भएका सवारी साधनमात्र चल्ने छन्। प्रेस प्रतिनिधिलाई भने यो नियम लागू हुनेछैन।

उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ। यो नियम लागू भएपछि सडकमा आधा सवारी साधनको संख्या घट्ने छ।

नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लिइने एसपी लम्सालले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell