PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

हतियारसहित समातिए भारतीय 



रासस

वीरगंज : हतियारसहित प्रहरीले हिजो एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारत पूर्वी चम्पारण जिल्ला मोतिहारीका रोशनकुमार कौरी रहेका छन्। भारतबाट साइकल चढी नेपालतर्फ आइरहेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्दा उनलाई १२ बोरको एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने पाँच थान गोलीसहित पर्सा बिन्ध्यवासिनी गाउँपालिका–३ अमरपट्टिबाट पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए।

यसैगरी प्रहरीले आजै मोतिहारी हरिसिद्धि गाउँ बस्ने सञ्जय सहनीलाई लागूऔषध गाँजासहित पक्राउ गरेको छ। पक्राउ परेको दुवै भारतीय नागरिकलाई थुनामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell