PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ट्याङ्करले ठक्कर दिदाँ विष्णुमति पुल नजिकै एक महिलाको मृत्यु



पहिलोपोस्ट

ट्याङ्करले ठक्कर दिदाँ विष्णुमति पुल नजिकै एक महिलाको मृत्यु

काठमाडौँ: सवारी साधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका १३ स्थित विष्णुमती पुल नजिक आज बिहान भएको सडक दुर्घटनामा ३२ वर्षीय बबिता थापाको मृत्यु भएको छ ।

ना ४ख २९४८ नम्वर को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४प ५४१५ नम्वरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार थापाको मृत्यु भएको हो।

गम्भिर घाइते थापाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याङकर चालक ६२ वर्षिय बीरबहादुर विकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell