PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेपाल-भुटान सम्बन्धः शरणार्थी समस्यादेखि व्यापार घाटासम्म



विधुर ढकाल

नेपाल-भुटान सम्बन्धः शरणार्थी समस्यादेखि व्यापार घाटासम्म

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार  दसो छिरिङ वाङचुक काठमाडौं आइपुगेका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गरे।

भुटानमा राष्ट्रियसभाको विघटनपछि गत यही अगस्ट ९ मा मात्र भुटानका राजाले निर्वाचन गराउन प्रधानन्यायाधीशलाई त्यहाँको अन्तरिम सरकारको प्रमुख सल्लाहकारमा नियुक्ति गरेका हुन्।

नेपाल भुटान सम्बन्ध

नेपाल र भुटानबीचको सम्बन्ध लामो भए पनि नेपाल–भुटानबीच कुटनीतिक सम्बन्धको स्थापना जुन १९८३ मा भएको हो। नेपालले भुटान मामिला र भुटानले नेपाल मामिला भारतस्थित आवासीय दुतावासबाट हेर्दै आएका छन्।

दुबै देश भुपेरिवेष्ठित हिमाली देश हुन्। नेपाल र भुटान सामाजिक तथा सांस्कृतिक रुपले पनि जोडिएका छन्।

भुटानमा अधिकांश जनसंख्य बौद्ध धर्म मान्दै आएका छन्। नेपाल भगवान गौतम बुद्धको जन्मभूमि हो।

नेपाल र भुटान दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्रहरुको लुज फोरम ‘नाम’ अतिक कम विकसित राष्ट्रहहरुको फोरममा समेत दुबै देशले काम गर्दै आएका छन्।

नेपालसँगै भुटान पनि सार्कको संस्थापक सदस्य राष्ट्र हो भने भुटान सन् २००४ देखि बिम्स्टेकको सदस्य भएको हो।

नोपल र भुटान कृषिप्रधान देश हुन्। दुई देशबीच कृषि र आर्थिक क्षेत्रमा साझेदारीको सम्भावना प्रवल छ।

आर्थिक साझेदारीका सन् २००५ मार्चमा नेपालको उद्योग वाणिज्य महासंघ र भुटानको च्याम्बर अफ कमर्सबीच व्यापार तथा आर्थिक प्रवद्धनका विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

त्यस्तै नेपाल भुटान द्वीपक्षीय व्यापार सम्बन्धी उपसचिवहरुको पहिलो बैठक २०१० मा काठमाडौँ र २०११ मा थिम्पुमा भएको थियो। यो बैठकले द्वीपक्षीय व्यापार सम्बन्धि सम्झौताका लागि मस्यौदाको विषयमा छलफल गरेको थियो।

नेपाल र भुटानबीचको व्यापार सन्तुलन सुरुवाती दिनहरुमा नेपालको पक्षमा थियो। हाल नेपालको व्यापार घाटा भुटानसँग वार्षिक ४८ करोड चार लाखको हाराहारीमा छ।

त्यस्तै भुटानबाट नेपाल आउने पर्यटकहरुको संख्या पछिल्लो समयमा वृद्धि हुँदै गएको छ। पर्यटन बोर्डको तथ्यांकलाई हेर्ने हो भने सन् २०१७ मा भुटानबाट १० हजार ९२३ पर्यटक नेपाल आएका थिए। यो संख्य २०१६ मा ६ हजार ५९५ थियो।

दुबै देशबीच हवाइ सेवा सम्बन्धी सम्झौता सन् २००४ को फेब्रुअरीमा भएको थियो। सोही सम्झौता अनुरुप भुटानको ड्रुक एयर र भुटान एयरलाइन्सले पारो देखि काठमाडौँ सीधा उडान भर्दै आएका छन्।

समस्या भुटानी शरणार्थीको

लामो समयदेखि जनस्तरमा सम्बन्ध कायम रहेको नेपाल र भुटानबीच भुटानी शरणार्थी समस्या गम्भीर समस्याको रुरुपमा रहँदै आएको छ।

ल्होत्साम्पा भुटानमा रहेका नेपाली मुलका नागरिकहरु हुन्। उनीहरु दक्षिण भुटानमा रहँदै आएका छन्। सन् २००७ देखि उनीहरु तेस्रो मुलुक पुनर्वासका लागि अमेरिका क्यानडा, बेलायतलगायतका देशमा पुगेका छन्। भुटानमा नेपाली मुलको जनसंख्या १९ औँ शताब्दीदेखि बसोबास गर्न थालेका थिए।

नेपालको पूर्वी क्षेत्रबाट बसाइ सरेर त्यहाँ पुगेका उनीहरु त्यही बस्न थाले।  पछि भारतमा बेलायती शासन हुँदा भुटानमा पनि बेलायती शासनले राज गर्‍यो। यस समयमा त्यहाँ पुग्ने नेपालीहरुको संख्या बढी भयो।

१९८० को दशकमा भुटान सरकारले कुल जनसंख्याको २८ प्रतिशत जनसंख्या नेपाली मुलका रहेको अनुमान गरेको थियो। १९८० सम्म त्यहाँको वैध स्थायी नेपाली मुलका नागरिकको जनसंख्या १५ प्रतिशत भन्दा कम थियो।

१९८८ मा त्यहाँको सरकारले जनगणना गर्‍यो। त्यहाँ रहेका धेरै नेपाली मुलका नागरिकलाई अवैध आप्रवासीको रुपमा घोषण गर्‍यो। १९८९ मा भुटान सरकारले प्रत्यक्ष रुपमा नेपाली भाषीमाथि प्रहार गर्न थाल्यो। सुरुवातमा त्यहाँको नागालोङहरुको पोषाकलाई अनिवार्य राष्ट्रिय पोषाकको घोषणा गर्दै सार्वजनिक जीवनमा तथा व्यापारिक समयमा अनिवार्य लगाउनुपर्ने नियम लगायो। त्यस्तै सरकारले नेपाली भाषालाई विद्यालयबाट हटायो। त्यहाँका राष्ट्रिय भाषा जोंखालाई वाध्यकारी बनाइयो।

अझै पनि भुटानमा रहेको धेरै नेपालीभाषीले जोंखा भाषा बुझ्दैनन्। १९९० को दशकमा भुटान सरकारले अवैध भन्दै नेपाली भाषीमाथि देश निकाल्न थाल्यो। राजा जिम्मे सिंगे वाङचुकको यस कदमपछि त्यहाँका अधिकांश नेपाली भाषीहरु नेपाल प्रवेश गर्न वाध्य भए।

नेपालले शरणार्थी समस्या समाधानका लागि लागि पटक पटक आग्रह  गरेको छ। नेपालले भुटानलाई मन्त्रिस्तरीय कमिटिलाई अगाडि बढाउन आग्रह गर्दै आएको छ। तर भुटानले यसमा खासै चासो दिँदै आएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell