PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट ब्याटिङ



पहिलोपोस्ट

एसिया कप छनोट : नेपालले ओमानलाई दियो २२२ रनको लक्ष्य, सागर पुनको उत्कृष्ट ब्याटिङ
फोटो : रमन शिवाकोटी

काठमाडौँ : एसिया कप छनोट क्रिकेटक पहिलो खेलमा नेपालले ओमानलाई २ सय २२ रनको चुनौती पेश गरेको छ।

मलेसियामा सुरु भएको छनोटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। ओमानले टस जितेर पहिले बलिङ रोजेको हो। 

सागर पुनले बनाएको ८३ रनको मद्दतमा नेपालले मध्यमस्तरको लक्ष्य दिएको हो। ज्ञानेन्द्र मल्लले ४५ रन र आरिफ शेखले ३६ रन बनाएका छन्। पूरै ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालले २ सय २१ रन जोडेको हो।


दोस्रो इनिङको खेल सुरु भइसकेको छ। ८.३ ओभरमा १ विकेट गुमाउँदै ओमानले ३५ रन जोडेको छ। पारस खड्काले पहिलो विकेट लिएका हुन्।

एसिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell