PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का



पहिलोपोस्ट

१८औँ एसियाड : प्याराग्लाइडिङमा नेपाललाई पदक पक्का
फोटो : NSJF

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपाल पदकविहिन नहुने भएको छ। पहिलो पटक सहभागी प्याराग्लाइडिङ खेलमा नेपालले कम्तीमा पनि रजत पदक जित्ने पक्का भएको प्याराग्लाइडिङका म्यानेजर शैलेन राउतले जानकारी दिए।

उनका अनुसार यस प्रतिस्पर्धामा सबै टिमको प्रतिस्पर्धा सकिसकेको छ र केही बेरमा अंक जोडेपछि पदकको छिनोफानो हुनेछ।

प्याराग्लाइडिङ अन्तर्गत पुरुष क्रस कन्ट्री विधामा पाँचौ तथा अन्तिम राउण्डको खेल समाप्त भइसकेको छ। चौथो राउण्डमा नेपाल दोस्रो स्थानमा थिए। अब सबै टिमको अंक जोडेपछि नेपालले कुन पदक जित्ने पक्का हुनेछ।

६७ वर्षे एसियाडको इतिहासमा नेपाल १०औँ संस्करणदेखि कुनै न कुनै पदक जित्दै आएको छ। सन् १९९८ को बैकक एसियाडमा तेक्वानदोकी सविता राजभण्डारीले जितेको रजत नै नेपालले अहिलेसम्म जितेको सबैभन्दा ठूलो पदक हो।

यसपटक पनि नेपालले तेक्वान्दो, बक्सिङ र करातेबाट पदकको आशा राखेपनि सफल हुन सकेन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell