PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसिया कप छनोट : चिराग सुरीको शतक र अहेमद राजाको ६ विकेटमा युएईको शानदार जित, सिंगापुर ९७ रनमा अलआउट



पहिलोपोस्ट

एसिया कप छनोट : चिराग सुरीको शतक र अहेमद राजाको ६ विकेटमा युएईको शानदार जित, सिंगापुर ९७ रनमा अलआउट

काठमाडौँ : आजदेदि सुरु भएको एसिया कपमा युएईले शानदार जित हात पारेका छन्। चिराज सुरीको शतक तथा अहेमद राजाको ६ विकेट मद्दतमा युएईले सिंगापुरलाई २१५ रनले पराजित गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर ३१२ रन बनाएको थियो। युएईका लागी शुरीले १११, शाइमन अनवरले ७५ तथा अस्फाक अहेमदले ६४ रन बनाए। बलिङमा सिंगापुरका अम्जाद महबुबले ३ विकेट लिए।

३१३ रनको लक्ष्य पछ्याएको सिंगापुर युएईको ड्ढारिलो बलिङ सामु टिक्न सकेन र २५.४ ओभरमा ९७ रनमा अलआउट भयो। सिंगापुरका लागि कप्तान चेतन सूर्यावंशीले नटआउट रहदै ५१ रन बनाए।

उसका ८ खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा युएईका अहेमद राजाले ८.४ ओभरमा २ मेडन राख्दै २० रन मात्र खर्चेर ६ विकेट लिए। यस्तै कप्तान रोहन मुस्ताफाले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell