PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एसिया कप छनोट : घरेलु मैदानमा मलेसियायाको विजयी सुरुवात, हङकङ ३ विकेटले पराजित



पहिलोपोस्ट

एसिया कप छनोट : घरेलु मैदानमा मलेसियायाको विजयी सुरुवात, हङकङ ३ विकेटले पराजित

काठमाडौँ : एसिया कप छनोटमा घरेलु टोली मलेसियाले विजयी सुरुवात गरेको छ। छनोटअन्तर्गत आज भएको खेलमा मलेसियाले हङकङमाथी ३ विकेटको शानदार जित हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४६.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन बनाएको थियो। उसका लागि बाबर हायतले सर्वाधिक ५८ रन बनाए। मलेसियाका लागि पवनदिप सिंह, सुहारी फ्रेत्री र स्याज्रुल इद्रुसले ३-३ विकेट लिए।

जवाफमा १६२ रनको लक्ष्य मलेसियाले ४२.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

मलेसियाका लागि सकिफ सरिफले सर्वाधिक ४९ रन बनाए। यस्तै सायद अजिजले २५ तथा मुहमद स्याहदतले २३ रनको योगदान गरे। हङकङका नदिम अहेमदले ४ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell