PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेट पराजित



पहिलोपोस्ट

एसिया कप छनोट : नेपाल ओमानसँग ७ विकेट पराजित

काठमाडौँ : एसिया कप छनोटअन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको हो। ओमानका लागि खावर अलीले नटआउट रहदै सर्वाधिक ८४ रन बनाए। यस्तै जिसन मक्सुद ४५ रनमा नटआउट रहे। यी दुईले चौथो विकेटका लागि ७७ रनको साझेदारी गरे।

यस्तै वैभव वाटेगाओनकरले ४१ र जतिन्दर सिंहले ३० रन जोडे।

बलिङमा नेपालका लागि कप्तान पारस खड्काले मात्र १ विकेट लिए। ओमानका २ खेलाडी रनआउट भएका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनाएको थियो। नेपालको लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ तथा आरिफ शेखले ३६ रन जोडे।

दशौँ नम्बरमा ब्याटिङ गरेका करण केसीले नटआउट २६ रन जोडे।

बलिङमा ओमानका बिलाल खान, अजय लाचेटा र मोहम्मद नदिमले २-२ विकेट लिए।

नेपालले अब दोस्रो खेलमा भोली युएईसँग खेल्नेछ। युएईले आज भएको खेलमा सिंगापुरलाई पराजित गरिसकेको छ। अर्को खेलमा आयोजक मलेसियाले हङकङलाई हरायो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell