PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

१८औँ एसियाड : प्याराग्लाइडिङमा ऐतिहासिक रजत जितेपछि नेपाल पदकतालिकामा ३२औँ स्थानमा



पहिलोपोस्ट

१८औँ एसियाड : प्याराग्लाइडिङमा ऐतिहासिक रजत जितेपछि नेपाल पदकतालिकामा ३२औँ स्थानमा
फोटो : NSJF

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्समा नेपालले पदकको खडेरी तोडीसँगै पदक तालिमा समावेश भएको छ।

नेपालले प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री टिम इभेन्टमा बुधबार ऐतिहासिक रजत पदक जित्दै पदकको खडेरी तोडेको हो।

इन्डोनेसियामा नेपालको यो पहिलो पदक हो र यससँगै नेपाल पदक तालिकामा ३२औँ स्थानमा रहेको छ।

पुरुष क्रस कन्ट्रीमा नेपाल स्वर्ण जित्नबाट २७ अंकले मात्र पछि पर्‍यो। स्वर्ण जितेको जापानले ११ हजार ३९१ अंक जोड्यो।

विमल अधिकारी, विजय गौतम, योकेश गुरुङ, सुशील गुरुङ र विशाल थापसहितको नेपाली टोलीले ११ हजार ३६४ अंक जोडेको थियो।


नेपालले २० वर्षपछि एसियाडमा रजत पदक जितेको हो। सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले नेपालको लागि एसियाडमा पहिलो रजत जितेकी थिइन। प्याराग्लाइडिङमा रजत जितपछि एसियाडमा नेपालको पदक संख्या २४ पुगेको छ। एसियाडमा नेपालको लागि पदक जित्ने प्याराग्लाइडिङ चौथो खेल हो।

१८औँ एसियाडमा रजत पदक जित्नेहरुमध्ये नेपाल लाओस र तुर्किमिनेस्तानभन्दा मात्र पछि छ।

एसियाडमा अहिलेसम्म संयुक्त कोरियन टिसहित २९ राष्ट्रले स्वर्ड पदक जितिसकेको छ भने समग्रमा ३७ राष्ट्रले पदक जितेको छ।

चीन सय स्वर्ण जित्दै पहिलो स्थानमा छ भने ४८ स्वर्ण जितेको जापान दोस्रो स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell