PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

ऐश्वर्याले किन छोडिन् भन्सालीको फिल्म ?



पहिलोपोस्ट

 ऐश्वर्याले किन छोडिन् भन्सालीको फिल्म ?

निर्देशक संजय लिला भन्सालीसँग हरेक कलाकार काम गर्न लालायित हुने गर्छन्। उनी निर्देशित 'हम दिल दे चुके सनम', 'देवदास'देखी 'रामलिला', 'बाजिराओ मस्तानी', 'पद्मावत'को चर्चा आज पनि सुन्न पाइन्छ।

रोमान्स जनरामा फिल्म बनाउन अब्बल भन्साली अब नयाँ फिल्म बनाउँदैछन्। फिल्मका लागि उनले अभिनेत्री ऐश्वर्या राय बच्चनलाई अफर गरेका थिए। तर ऐश्वर्याले फिल्म नकारेकी छिन्। देवदासमासँगै काम गरेकी ऐश्वर्याको फेवरेट निर्देशक हुन् भन्साली।

तर भारतीय मिडियाका अनुसार ऐश्वर्याले आफ्नो पति अभिषेक बच्चनसँग अभिनय गर्न भन्सालीको फिल्म नकारेकी हुन्। उनी हालै अनुराग काश्यपको निर्माणमा बन्ने फिल्म 'गुलाब जामुन'मा अनुबन्धित भएकी थिइन्।  पछिल्लो समय ऐश्वर्याले गरेका अधिकांश फिल्म असफल भए। अभिषेक पनि हिट फिल्मको पर्खाइमा छन्। अभिषेकले करिव तीन वर्षको ग्यापमा यो फिल्म गर्न राजी भएका हुन्। अभिषेकको फिल्म करियर अगाडि बनाउन पनि ऐश्वर्यले भन्सालीको फिल्म छोडेको बलिउडमा चर्चा चल्न थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell