PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

अन्डरवेयर र बाइकको लुकिङ ग्लासमा ब्राउनसुगर, पाँच पक्राउ



पी बी खड्का

अन्डरवेयर र बाइकको लुकिङ ग्लासमा ब्राउनसुगर, पाँच पक्राउ

सुर्खेत: सुर्खेतमा अहिले सम्मकै ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय सुर्खेतको विशेष टोलीले मंगलवार वीरेन्द्रनगर ११ सुव्वाकुनाबाट १५.६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी वसन्त रजौरेले जानकारी दिए।
 
नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेका तीन वटा मोटरसाइकल भे ४ प ३४२१ नम्बरको मोटरसाईकलमाको लुकिङ् ग्लासमा लुकाई ल्याएको ४ पुडिया २ ग्राम ७८० मिलिग्रामसहित वीरेन्द्रनगर ३ का २९ वर्षीय रमेशकुमार मल्ल, भे ८ प ३७०६ नम्बरको मोटरसाईकलको लुकिङ ग्लासमै लुकाई ल्याउँदै गरेको सोही ठाउँका २४ वर्षीय समीर थापा र २३ वर्षीय यज्ञ सुनारलाई १ पुडिया ब्राउन सुगर सहित पक्राउ गरिएको बताए। 

त्यस्तै, भे ३ प ४२९४ नम्बरको मोटरसाईकलमा सवार २३ वर्षीय सन्तोष बस्यालले आफ्नो लगाएको अन्डरवेयरमा लुकाई ल्याएको ९ ग्राम ६९० ब्राउन सुगरसहित सोही मोटरसाईकलमा सवार २८ वर्षीय डम्बर बहादुर भण्डारीलाई जाँचका क्रममा पक्राउ गरिएको एसपी रजौरेले जनाए।
 
उनीहरुलाई थप अनुसन्धानका लागि प्रक्रिया अगाडि बढाएको उनको भनाई छ। गत आर्थिक वर्षमा ४३ ग्राम लागुऔषध बरामद गरेकोमा यस आर्थिक वर्षको एकै दिन १५.६ ग्राम लागु औषध बरामद गरेको एसपी रजौरेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell