PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसिया कप छनोट : नेपालको दोस्रो खेल बिहीवार युएईसँग, यस्तो छ ‘हेड टु हेड’



पहिलोपोस्ट

एसिया कप छनोट : नेपालको दोस्रो खेल बिहीवार युएईसँग, यस्तो छ ‘हेड टु हेड’

काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनवट क्रिकेटको दवस्रो खेलमा बिहीवार नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा हुनेछ।

पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ। उता युएईले भने पहिलो खेलमै सिंगापुरलाई २१५ रनको फराकिलो रन अन्तरले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ।

नेपालले शीर्ष दुई स्थानमा रहदै फाइनलमा स्थान बनाउन पनि युएई विरुद्ध जित हासिल गर्नुपर्नेछ।

छनोट खेल्ने छ मध्ये नेपाल र युएई आइसीसी वान डे इन्टरनेशनल मान्यता प्राप्त टोली हुन्। त्यसैले नेपाल र युएई बीच हुने खेल ओडिआई मान्यताको हुनेछ।

नेपालको लागि यो तेस्रो ओडिआई खेल समेत हुनेछ। अगष्ट १ र ३ मा नेपालले नेदरल्याण्ड्ससँग पहिलो ओडिआई सिरिज खेलेको थियो। दुई खेलको सिरिजमा नेपालले पहिलो खेल हारेपनि दोस्रो खेलमा १ रनको रोमाञ्‍चक जित हात पार्दै सिरिज १-१ को बराबरीमा टुङ्गाएको थियो।

छनोट अन्तर्गत बिहीवारै मलेसियाले ओमान तथा हङकङले सिंगापुरसँग खेल्नेछ।

 

नेपाल vs युएई हेड टु हेड:

खेल :१४

युएई जित : १०

नेपाल जित : ३

टाई : १

 

  • १९९८ एसीसी ट्रफी : नेपाल ९४ रनले पराजित
  • २००० एसीसी ट्रफी : नेपाल १ विकेटले पराजित
  • २००२ एसीसी ट्रफी : नेपाल ६ विकेटले पराजित (समूह चरण) नेपाल ६ विकेटले पराजित (फाइनल)
  • २००६ एसीसी ट्रफी : नेपाल ९ विकेटले पराजित
  • २००८ एसीसी ट्रफी एलिट : नेपाल ६ विकेटले पराजित
  • २०१२ एसीसी ट्रफी एलिट : नेपाल ४ विकेटले विजयी (समूह चरण) फाइनल टाई
  • २०१४ वर्ल्ड कप क्वालिफायर : नेपाल १०२ रनले पराजित
  • २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
  • २०१७ डब्लुसिएल च्याम्पियनसिप : नेपाल ७ विकेटले पराजित, नेपाल ६३ रनले पराजित
  • २०१८ डिभिजन टू : नेपाल ४ विकेटले विजयी (लिग) नेपाल ७ रनले पराजित (फाइनल)

        



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell