PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सिटिजन्स बैंकको साढे सात किलो सुन प्रकरणमा समातिए बैंककै कर्मचारी



पहिलोपोस्ट

सिटिजन्स बैंकको साढे सात किलो सुन प्रकरणमा समातिए बैंककै कर्मचारी

काठमाडौं : बैकभित्रै रहेर ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलवार २६ वर्षीय सामिन शाक्य, २८ वर्षीय विन्देश शाक्य, ३३ वर्षीय अमितराज बज्राचार्य, ४५ वर्षीय लभ बराइली र २८ वर्षीय उमेश राज बराइलीलाई पक्राउ गरेको हो। समातिनेहरु बरिष्ठ सुन जाँचकी र दुई जना ऋणी रहेका छन्  ।

बैंकिङ कसुरमा उनीहरुलाई नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता एसपी सानुराम भट्टराईले जानकारी दिए।

उनीहरुले सिटिजन्स बैंकको न्यूरोड शाखामा कार्यरत रहँदा सुन ऋणीहरुको मिलेमतोमा धितोबापत राखिएको सुन ऋण चुक्ता नहुँदै फिर्ता दिने तथा अपुग सुनसमेत राखी विभिन्न समयमा विभिन्न ऋणीहरुलाई ऋण प्रवाह गर्दा ७४९७.२८ ग्राम (७ किलो ४ सय ग्राम) सुन बराबरको अनियमितता भएको अनुसन्धानमा देखिएको थियो। ठगी भएको सुनको मूल्य २ करोड २८ लाख  ३८ हजार ४ सय बराबर हुन आउँछ।

उनीहरुलाई पक्राउ गरी ‍ उच्च अदालत पाटनबाट ७ दिनको म्याद लिई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell