PahiloPost

May 24, 2026 | १० जेठ २०८३

बिम्स्टेकले यात्रुलाई बिजोग, यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप

बिम्स्टेकले यात्रुलाई बिजोग, यातायात अव्यवस्थाको हेर्नुस् चरम रुप

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बिम्स्टेक व्यवस्थित गराउने नाममा सरकारले काठमाडौं उपत्यका भित्र जोर बिजोर प्रणालीमा मात्र गाडी चलाउन अनुमति दियो। त्यसले बिम्स्टेकका लागि आएका बिदेशी पाहुनालाई सहज र सरकारको व्यवस्थापन झन्झट सुल्झियो। तर, सर्वसाधारणका लागि बिम्स्टेकले बिजोगमात्र भोग्न वाध्य बनायो।

जोर-विजोर लागू भएपछि सार्वजनिक सवारीमा चाप पर्नु स्वभाविक थियो। तर, व्यवस्थित गराउने नाममा सरकारले सार्वजनिक सवारीसाधनलाई पनि एउटै घानमा हाल्यो, जोर-विजोर मात्र चलाउ। सरकारले आफू व्यवस्थित बनिरहँदा सर्वसाधारणको सास्तीलाई भने विल्कुलै वास्ता गरेन। बिहानदेखि साँझसम्म यात्रुको बिजोग देखिन्थ्यो सबैतिर।

जसै साँझ ढल्दै गयो, गन्तव्यका लागि गाडीको प्रतीक्षामा रहेकाहरुको भिड बाक्लिन थाल्यो। सबैजसो बस स्ट्यान्डहरुमा मानिसहरु धर्यता कायम राख्दै कुरिरहेको देखिन्थ्यो। तर, सबै गाडी चल्दासमेत अव्यवस्थित सार्वजनिक यातायात आधाउधी गाडी चल्दा कुन अवस्थामा होला? अनुमान गर्नुस्। नभए हेर्नुस् तस्बिर :  


ट्रेन्डिङ पोस्ट

Ncell