PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

राजधानी बिम्स्टेकले झिलमिल हुँदा राति ८ बजेबाट कञ्चनपुर फर्क्यो कर्फ्युमा 



पहिलोपोस्ट

राजधानी बिम्स्टेकले झिलमिल हुँदा राति ८ बजेबाट कञ्चनपुर फर्क्यो कर्फ्युमा 

  • महेन्द्र बम -
कैलाली : कञ्चनपुरको भीमदत्तनगरमा आज राति पनि कर्फ्यु लगाइएको छ। मुलुकको राजधानी बिम्स्टेकको माहोलले झिलमिल हुँदा निर्मला पन्तको बलात्कार र हत्यापछि विकसित घटनाले पश्चिम नेपालको अवस्था भने अन्यौलपूर्ण नै छ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हिजो राति ८ बजेबाट लगाइएको कर्फ्यु आज बिहान चार बजे खुकुलो पारेको थियो। कर्फ्यु हटाइएपछि दिउँसो भीमदत्तनगरमा चहलपहल बढेको थियो।
 
दिनभर स्थानीयको चहलपहल बढेको भीमदत्तनगरमा राति फेरि कर्फ्यु जारी गरिएको प्रशासनले छ। प्रशासनले आज राति ८ बजेदेखि भोलि बिहान ३ बजेसम्म कर्फ्यू आदेश जारी रहने जनाएको छ। भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।
 
१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलन चर्किदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आएको छ । यही पक्ररणमा एक बालकको प्रहरीको गोली लागेर मृत्यु भएको छ भने सुरक्षा निकाय नराम्ररी बदनाम भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell