PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

आज र भोलि स्कुल कलेज बिदा



पहिलोपोस्ट

आज र भोलि स्कुल कलेज बिदा
फाइल फोटो

काठमाडौं : आज र भोलि काठमाडौंमा हुने चौथो बिम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई बिदा दिएको छ। सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्ण रुपमा बन्द हुनेछन् ।

गृह मन्त्रालयमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो। त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालनमा छन्।  आज जोर नम्बर प्लेट भएका सवारी मात्र चल्ने छन्।

राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन।

अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell