PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : तेस्रो ओडिआई खेलमा नेपाल युएई विरुद्ध टस जितेर बलिङ गर्दै



पहिलोपोस्ट

एसिया कप छनोट : तेस्रो ओडिआई खेलमा नेपाल युएई विरुद्ध टस जितेर बलिङ गर्दै

काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अहिले युएईसँग खेल्दैछ। नेपालको लागि यो तेस्रो ओडिआई खेल हुनेछ।

किनरारा ओभलमा हुने खेलमा नेपालले टस जितेको छ र पहिले बलिङ गर्ने निर्णय गरेको छ। 

पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको लागि फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ।

फोटो रमन शिवाकोटी

नेपालले आजको खेलका लागि कुनै परिवर्तन गरेको छैन। सागर पुनले नेपालको लागि ओडिआईमा डेब्यु गर्दैछन्। उनी नेपालको लागि ओडिआई खेल्ने १५औँ खेलाडी हुनेछन्।

यसअघि नेदरल्याण्ड्स विरुद्धको पहिलो ओडिआई सिरिजमा १४ खेलाडीले डेब्यु गर्ने मौका पाएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell