PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जोर की विजोर? आज जोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो



पहिलोपोस्ट

जोर की विजोर? आज जोर नम्बर प्लेट भएका सवारीको गुड्ने पालो

काठमाडौँ : बिम्स्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यकाका सबै सवारी साधनमा तीन दिनसम्म लागू भएको जोर विजोर प्रणाली अनुसार आज जोर नम्बर प्लेट भएका सवारी मात्र संचालन हुने भएका छन्। 

चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू  गरेको छ। नियम अनुसार बुधवार विजोर नम्बर प्लेट भएका सवारी मात्र संचालन भए।  आज  सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) भएका सवारी साधनहरू चल्ने छन्। 

सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी, कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने छ।

उपत्यकाभित्र मात्र १३ लाखभन्दा बढी सवारी साधन गुड्ने गरेको प्रहरीको तथ्याङक छ। यो नियम लागू भएपछि सडकमा आधा सवारी साधनको संख्या घट्ने छ।

नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना लाग्ने छ।  आजबाट सम्मेलन शुरु भएकाले भिआइपीको चहलपहल सडकमा देखिने छ। त्यसैले आज दिनभर राजधानीको यातायात व्यवस्था प्रभावित हुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell