PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भारतीय प्रम मोदीका लागि सुरक्षाको विशेष व्यवस्था, केही दिनयता भारतीय सुरक्षाकर्मी काठमाडौंमा



पहिलोपोस्ट

भारतीय प्रम मोदीका लागि सुरक्षाको विशेष व्यवस्था, केही दिनयता भारतीय सुरक्षाकर्मी काठमाडौंमा

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदै छन्। 

मोदीको सुरक्षालाई लिएर काठमाडौंमा बिहानैदेखि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। भारतीय प्रधानमन्त्री चार्टर विमानमार्फत् आउँदा विमानस्थलको आन्तरिक र बाह्य सबै उडानहरु बन्द गरिएको छ।

भारतीय प्रधानमन्त्रीको सुरक्षाका लागि भारतीय सुरक्षाकर्मी केही दिनदेखि काठमाडौंमा बसेर सुरक्षाको व्यवस्था मिलाइरहेका छन्। मोदीका लागि आवश्यक बुलेटप्रुफ गाडी समेत केही दिन अगाडि नै काठमाडौं ल्याइसकिएको छ।

भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको लागि नेपाली सेनाले विहानैदेखि हवाई गस्ती समेत गरिरहेको छ। भिभिआइपीको सम्पूर्ण सुरक्षा नेतृत्वको  जिम्मेवारी नेपाली सेनलाई दिएको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायकरथी गोकुल भण्डारीले सेनाले हवाइ गस्ती समेत गरिरहेको जानकारी दिए।

त्यस्तै, आज नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा केहीबेरमा काठमाडौं ओर्लिँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell