PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, भोलि नै स्वदेश फर्कने

बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, भोलि नै स्वदेश फर्कने

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद काठमाडौं आइपुगेकी छन्।

उनको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पुगेका थिए। बंगलादेशमा निर्वाचन चलिरहेको कारण उनको नेपाल भ्रमण हुने नहुने अनिश्चित थियो। बंगलादेशबाट सुरूमा प्रधानमन्त्री हसिनाको स्थानमा अन्य उच्च नेतृत्व पठाउने बताइएको थियो।

तर, प्रधानमन्त्री केपी शर्मा अाेलीले टेलिफोन गरी पुनः निम्तो दिएपछि उनी छोटो समयमा लागि नेपाल अाएकी हुन्। उनी भोलिनै स्वदेश फर्कने कार्यक्रम बनेको छ।


ट्रेन्डिङ पोस्ट

Ncell