PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

एसिया कप छनोट : युएईले दियो नेपाललाई २५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट



पहिलोपोस्ट

एसिया कप छनोट : युएईले दियो नेपाललाई २५५ रनको लक्ष्य, सन्दीपले लिए ४ विकेट
फोटो : ACC

काठमाडौँ : एसिया कप छनोट अन्तर्गत दोस्रो खेलमा युएईले नेपाललाई जितका लागि २५० भन्दा बढी रनको लक्ष्य दिएको छ।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भइरहेको ओडिआई मान्यता प्राप्त खेलमा नेपालले टस जितेरपछि पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको हो।

युएईका लागि ओपनर चिराज सुरीले सर्वाधिक ६५ रन बनाए। यस्तै एडनान मुफ्टीले नटआउट ५९ रन बनाए। अस्फाक अहेमदले ४५ तथा रमिज शहजादले ३५ रन जोडे।

बलिङमा नेपालक लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २६ रन खर्चेर ४ विकेट लिए। यस्तै बसन्त रेग्मीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell