PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रम ओली र बङ्गलादेशका प्रम हसिनाबीच द्वीपक्षीय भेटवार्ता



पहिलोपोस्ट

प्रम ओली र बङ्गलादेशका प्रम हसिनाबीच द्वीपक्षीय भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज द्विपक्षीय भेटवार्ता भएको छ। 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिने सिलसिलामा आज बिहान राजधानी आइपुग्नुभएका प्रधानमन्त्री हसिनासँग नेपाल–बङ्गलादेश सम्बन्धका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भेटमा पारस्परिक हित र चासोका साझा विषयका साथै बिम्स्टेक सम्मेलनबारे पनि छलफल भएको थियो।

यसअघि हिजो साँझ म्यानमारका राष्ट्रपति महामहिम विन मिन्ट तथा भुटान सरकारका अन्तरिम सल्लाहकार महामहिम दासो छिरिंगसँग द्विपक्षीय हितका विषयमा छुट्टाछुट्टै सौहार्दपूर्ण वार्ता सम्पन्न भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell