PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फेरि रोकियो सलमानको 'दब्याङ्ग द टुर नेपाल', सलमान नआउने भएपछि आयोजकलाई टन्टा



पहिलोपोस्ट

फेरि रोकियो सलमानको 'दब्याङ्ग द टुर नेपाल', सलमान नआउने भएपछि आयोजकलाई टन्टा

काठमाडौं : बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम 'दब्याङ्ग द टुर नेपाल' फेरि सरेको छ। आयोजक ओडीसी कम्पनीले पछिल्लो समय भदौ २३ लाई कार्यक्रम सारेका थिए।

यसअघि पनि दुई पटक सलमान खानको कार्यक्रम स्थगित भइसकेको छ।

अहिले अप्रत्यासित परिस्थितिको कारण देखाउँदै आयोजकले यसपटक पनि कार्यक्रम स्थगित गरेको छ। अर्को कार्यक्रम गर्ने मिति भने अझै फाइनल छैन। चाँडै नै कार्यक्रमको मिति सार्वजनिक गर्ने आयोजकको दावी छ।

यता सलमान नेपाल आउने कुरामा दर्शकले आशा गर्न छाडिसके। तर, आयोजक सलमानलाई नेपाल ल्याउनेमा प्रतिवद्ध रहेको दावी गर्छ। आयोजक टिमले बिक्री भएका टिकट आगामी समयमा हुने कार्यक्रममा पनि मान्य हुने जनाएको छ। साथै कोही विदेश जाने र कार्यक्रममा उपस्थित हुन नसक्ने भए टिकटको रकम फिर्ता दिनेसमेत आयोजकले बताएङ्का छन्।

यसअघि कार्यक्रम गर्न नसकेपछि आयोजकविरुद्ध प्रहरीमा उजुरी परेको थियो। आयोजक ओडीसीका सीमान्त गुरुङ त्यही प्रकरणमा प्रहरीको हिरासतमा बस्न बाध्य भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell