PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

टेलिभिजन पत्रकारको गोली हानी हत्या



पहिलोपोस्ट

टेलिभिजन पत्रकारको गोली हानी हत्या
Photo: Marco Ugarte

मेक्सिको सिटी : मेक्सिकोको कानकुन शहरमा बुधवार एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ। मेक्सिकोमा सन् २०१८ को आठ महिनामा आठ जना पत्रकारको हत्या भएको छ। 

जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे। 

टेलिभिजन स्टेशनले पत्रकार एनरिकको मृत्यु भएको पुष्टि गरेको छ। 

क्वीन्टाना राज्य सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या भएको जनाएको छ। उनीहरु दुवैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो। 

कानाल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ। राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान सुरु भइसकेको जनाएको छ। 

दुई महिनाको अवधिभित्रै क्वीन्टानामा मारिएका पत्रकारमा एनरिक तेस्रो हुन्। यसअघि जुलाई महिनामा प्लाया न्यूजका प्रधान सम्पादक रुबेन पाटको प्लाया डेल कार्मेनमा गोली हानी हत्या भएको थियो। 

यसै वर्ष जुन २९ मा क्वीन्टानाको दक्षिणी मायान आदिवासी गाउँमा जोसे ग्वाडालुप चानको गोली हानी हत्या गरिएको थियो। उनी पनि प्लाया न्यूज अखबरमा संवाददाताको रुपमा कार्यरत थिए। 

गत वर्ष मेक्सिकोमा ११ जना पत्रकार मारिएका थिए। विभिन्न वाक स्वतन्त्रता पक्षधर संस्थाहरुका अनुसार, सन् २००० यतामात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको छ। - रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell