PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

'मेरी मामु'मा सौतेनी आमाको भूमिका, 'रियल'मा अश्लेषाको परिवारसँग मिल्यो कथा



पहिलोपोस्ट

'मेरी मामु'मा सौतेनी आमाको भूमिका, 'रियल'मा अश्लेषाको परिवारसँग मिल्यो कथा

काठमाडौं : अभिनेत्री अश्लेषा ठकुरीले बिहीवार नेपालगञ्जको यात्रा सुरु गरेकी छिन्। शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म 'मेरी मामु' आमासँग बसेर हेर्न उनले नेपालगञ्जको यात्रा सुरु गरेकी हुन्।  

'प्रेमगीत २'बाट फिल्म क्षेत्रमा डेब्यू गरेकी उनको यो दोस्रो फिल्म हो। पहिलो फिल्म सफल भयो। फिल्म रिलिजपछि कतिले उनको अभिनयको पनि प्रशंसा गरे। उनले आशुसेन फिल्मसको ब्यानरमा दोस्रो फिल्म 'मेरी मामु' गरेकी हुन्।  फिल्ममा उनले सौतेनी आमाको भुमिका गरेकी छिन्। फिल्ममा बलियो भुमिकामा निर्वाह गरेको बताएकी छिन्। उनले भनिन् 'म फिल्मबाट निकै आशावादी र निर्धक्क छु। दर्शकले मेरो अभिनय रुचाइदिनु हुनेछ। मैले सौतेनी आमाको भुमिका गरेकी छु।'

आफ्नो परिवारसँग बसेर फिल्म हेर्न उनी उत्साहित छिन्।

फिल्ममा आफूले निभाएको भुमिका वास्तविक जीवनमा नै देखेको बताउँछिन् अश्लेषा। वास्तवमा उनले निभाएको भुमिका उनको आमासँग मेल खाएको छ।

सुनाइन् 'मेरो मम पनि स्टेप मम नै हो। बाबाको पहिलो श्रीमती बित्नुभएपछि मेरो ममीलाई बुबाले बिहे गर्नुभएको हो। पहिलाको ममीबाट चार दिदी बिहिनी र यता हाम्रोबाट चारदिदी बहिनी र दुईजना भाई गरेर हामी १० जना छौं। मेरो आमालाई कहिल्यै पनि उताको दिदीले सौतेनी आमाको व्यवहार गरेनन्। त्यस्तो अनुभव नै भएन।'

'आमा र बुवा शिक्षित हुनुभएकोले कहिल्यै पनि सौतेनी भन्ने विषयको कुरा आएन। आमा कहिल्यै पनि सौतेनी हुँदैन। आमा त आमा हुन्छ थपिन्, 'आमा सावित्री सिंह बम र बुवा बिम बहादुर सिंहको फिल्मपछिको प्रतिक्रिया बटुल्न उनी घर गएकी हुन्।  

उनको आधा परिवार त अष्ट्रेलियामा छन्। उनी नेपालगञ्जमा खुलेको नयाँ बागीश्वरी क्यूएफएक्समा फिल्म हेर्ने योजनामा छिन्।

धनगढीमा जन्मेकी अश्लेषाले सुदुरपश्चिमलाई फिल्मकर्मीले त्यत्ति प्राथमिकतामा नराख्ने बताइन्। भनिन् 'नेपालगञ्ज, सुदुरपश्चिममा फिल्मकर्मीको धेरै ध्यान जाँदैन। प्रचारको लागि पनि बुटवलसम्म मात्रै पुग्छन्। दु:ख पनि लाग्छ। तर म चाहीँ नेपालगञ्जमा ‍बसेर मैले अभनिय गरेको फिल्म हेर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell