PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

रिट्रिटलगत्तै किन फर्किँदैछिन् बंगलादेशकी प्रधानमन्त्री? आजै हुँदैछ मोदीसँग भेट



विधुर ढकाल

रिट्रिटलगत्तै किन फर्किँदैछिन् बंगलादेशकी प्रधानमन्त्री? आजै हुँदैछ मोदीसँग भेट

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक्)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी उनी सम्मेलन नसकिँदै स्वदेश फर्किने भएकी छिन्।
 
उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने उनको कार्यक्रम छ। बंगलादेशमा राजनीतिक अस्थिरता तथा निर्वाचनको तयारीका कारण उनी कार्यक्रम नसकिँदै स्वदेश फर्किन लागेकी हुन्। 

बिम्स्टेक् शिखर सम्मेलन शुक्रवार दिउसो २ बजे सकिने छ।
 
प्रधानमन्त्री हसिना स्वदेश फर्किनुअघि शुक्रबार बिहानको ‘रिट्रिट’ मा सहभागी हुनेछिन्। साथै प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार आयोजना गर्ने रात्रिभोजमा पनि उनी सहभागी हुनेछिन्।

यसैबीच बंगलादेशकी प्रधानमन्त्री हसिनाले बिम्स्टेक् साइडलाइनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय भेटवार्ता गर्नेछिन्। 
बंगलादेशको दी डेली स्टारले कुटनीतिक स्रोतलाई उदृत गर्दै बंगलादेशको राष्ट्रिय निर्वाचनको महत्वपूर्ण समयमा हसिना-मोदीबीच आज साँझ ६:४५ बजे भेटवार्ता हुने जनाएको छ। बंगलादेशमा आगामी डिसेम्वरमा चुनाव हुँदैछ। चुनाव नजिकिँदै जाँदा बंगलादेशमा सरकार विरोधी प्रदर्शन भइरहेको छ। 

यता भारतीय प्रधानमन्त्री मोदीले समेत भेटवार्ता हुने पुष्टि गरेका छन्। उनले बुधवार साँझ बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका नेतासँग भेट गर्ने वक्तव्य जारी गरेका थिए। 

देशभित्रको आन्तरिक समस्याका कारण हसिना सम्मेलनमा सहभागी हुन नआउने बताइएको थियो। प्रधानमन्त्री ओलीको विशेष आग्रहपछि आजै बिहान विमान बंगलादेशको भीभीआइपी विमानमा ५७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आएकी थिइन्।
 
यसैबीच बंगलादेशकी प्रधानमन्त्री हसिनाले नेपालका प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी छिन्।
 
उनले आजै उनले भुटानका अन्तरिम सरकारका प्रमुख सल्याहकार तथा प्रधान न्यायाधीश दसो छिरिङ वाङचुकसँग समेत भेटवार्ता गर्नेछिन्। 
बंगलादेशमा भएको शरणार्थी समस्याको समाधानको विषयमा यस पटक उठ्न सक्ने अपेक्षा लिइएको छ। यद्पि, उनको यो भ्रमणका क्रममा म्यानमारका राष्ट्रपति विन मिन्टसँगको भेटवार्ताको भने टुगो लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell