PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु, सदस्य मुलुकका प्रमुखको सम्बोधन जारी



पहिलोपोस्ट

 बिम्स्टेकको चौथो शिखर सम्मेलन सुरु, सदस्य मुलुकका प्रमुखको सम्बोधन जारी
फोटो : प्रदीपराज वन्त, रासस

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।
 
नेपालसहित सात सदस्य रहेको बिम्स्टेकको चौथो सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा, श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवम् प्रधान न्यायाधीश दसो छिरिङ वाङचुक सहभागी छन्।
 
विम्स्टेकको अध्यक्ष राष्ट्रको प्रधानमन्त्रीको हैसियतले प्रधानमन्त्री ओलीले सम्मेलनको उद्घाटन गर्दै देशको वुद्ध र सगरमाथाको देशमा, शान्ति र समृद्धिको देशमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरुलाई स्वागत गरे। उनले बिम्स्टेकले दक्षिण एसियालाई दक्षिणपूर्वी एसिया र हिमालयलाई सागरसँग जोड्ने बताए।
 
प्रधानमन्त्री ओलीले विविधतामा आधारित भएर उन्नति का लागि लाग्नु पर्ने बताए। उनले एसियालार्इ आर्थिक रुपान सशक्त बनाउनका लागि बिमस्टेकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। बिम्स्टेक सम्मेनले चौथो शिखर सम्मेलनका एजेण्डाहरुलाई स्वीकार गरेको छ।
 
सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखले वर्णानुक्रम अनुसार सम्बोधन गर्ने क्रम जारी छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell