PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

बिम्स्टेक सम्मेलनमा भावुक बंगलादेशका प्रधानमन्त्री, सम्झिइन् परिवारको नरसंहार



पहिलोपोस्ट

बिम्स्टेक सम्मेलनमा भावुक बंगलादेशका प्रधानमन्त्री, सम्झिइन् परिवारको नरसंहार

काठमाडौं : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेदले हत्या गरिएका आफ्ना परिवारका सदस्यहरुको स्मरण गरेकी छिन्। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उनले सामुहिक हत्या गरिएका उनका परिवारका सदस्यहरुको स्मरण गरेकी हुन्।
 
'यो अगस्टको महिना हो। यो महिना मेरा लागि पीडादायी छ। १९७५ अगस्टमा मेरा बुवा बंगलादेशका निर्माता राष्ट्रपति शेख मुजिवुर रहमानसहित मेरी आमा र मेरा तीन दाजुहरुको हत्या भएको थियो,' उनले भनिन्, 'घटनाको पाँच वर्षसम्म म भारतमा शरण लिन बाध्य भएँ।' घटनामा आफ्नी बहिनीसँगै आफू बाँचेको उनले बताइन्।
 
बंगलादेशका प्रथम राष्ट्रपति रहमानको १९७५ अगस्टमा हत्या भएको थियो। बंगलादेशका सैनिकको एक समूह उनको घरमा प्रवेश गरी सामुहिक नरसंहार गरेको थियो। घटनामा उनकी हसिनाकी आमा शेख फजिलाइतुनेसा मुजिव, तीन दाजुभाइहरु शेख जमाल, शेख नासेर, शेख रसेलसहित २० जनाको मृत्यु भएको थियो। शेह हसिना र उनकी बहिनी शेख रेहना जर्मनमा रहेका कारण बाँचेका थिए। 

सम्बन्धित समाचार :

रिट्रिटलगत्तै किन फर्किँदैछिन् बंगलादेशकी प्रधानमन्त्री? आजै हुँदैछ मोदीसँग भेट

शेख हसिनाः सबैकी 'दिदी' बिम्स्टेककी एक मात्र महिला नेतृ, यस्तो छ नेपाल बंगलादेश सम्बन्ध



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell