PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसियाड : भलिबलमा पहिलो सेट जितेर पनि नेपाल श्रीलंकासँग ३-१ ले पराजित



पहिलोपोस्ट

एसियाड : भलिबलमा पहिलो सेट जितेर पनि नेपाल श्रीलंकासँग ३-१ ले पराजित

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलको १३औँ स्थानको लागि भएको सेमिफाइनल खेलमा नेपाल श्रीलंकासँग पराजित भएको छ।

पहिलो सेट जितेर पनि नेपाल श्रीद्यंकासँग ३-१ ले पराजित भएको हो। पहिलो सेट जितेपछि नेपालल लय गुमाउँदा लगातार तीन सेटमा हार बेहोर्‍यो।

चौथो सेटमा नेपालले ११-६ को अग्रता लिएपनि श्रीलंकाले पुनरागमन गर्दै खेलमा १८-१५ को अग्रता लिएको थियो। नेपालले स्कोर १८-१८, २०-२०  बनाएपनि श्रीलंकाले लगातार ४ अंक जोड्दै खेल जितेको हो। 

पहिलो सेट २५-२३ ले जित्दै नेपालले अग्रता लिएको थियो। तर दोस्रो सेटमा पुनारगमन गर्दै श्रीलंकाले २५-१६ ले सहजै जित्यो।

श्रीलंकाले तेस्रो सेट टाइब्रेकरमा २६-२४ ले जित्दै २-१ को अग्रता बनायो। चौथो सेट श्रीलंकाले २५-२१ ले जित्यो।

श्रीलंकासँग पराजित भएपछि नेपालले अब १५औँ स्थानको लागि भियतनाम र कीर्गिस्तानबीचको खेलको पराजित टोलीसँग खेल्नेछ।

समूह चरणमा चाइनिज ताइपई र दक्षिण कोरियासँग हारेको नेपालले १३औँ स्थानको लागि भएको क्वाटरफाइनलमा मंगोलियालाई पराजित गर्दै एसियाडमा पहिलो जित हात पारेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell