PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

सबै राष्ट्र मिलेर आर्थिक समृद्धिमा लागौं : वाङचुक



पहिलोपोस्ट

सबै राष्ट्र मिलेर आर्थिक समृद्धिमा लागौं : वाङचुक

काठमाडौं : भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधान न्यायाधीश दसो छिरिङ वाङचुकले बिमस्टेकमा आबद्ध राष्ट्रहरु मिलेर आर्थिक समृद्धिमा अगाडि बढ्नुपर्ने बताएका छन्।

बिम्स्टेक सम्मेलनका क्रममा सम्बोधन गर्दै उनले धार्मिक सांस्कृतिक साझेदारी यस क्षेत्रमा जनताहरुबीच जनसम्पर्क तय गर्ने नयाँ आधार हुने बताए।
 
वाङचुकले जलवायु सम्बन्धी समस्याहरु समाधान गर्न भुटानको संविधानमै उल्लेख भएकाले जलवायु परिवर्तनसँग लड्न आफूहरु जहिल्यै तयार रहेको बताए।
 
विपद व्यवस्थापन केन्द्रको स्थापनाबाट यस क्षेत्रमा प्राकृतिक विपत्तीबाट हुने क्षति कम गर्न सहयोग हुने भन्दै उनले भुटान बिम्स्टेकको मूल्य मान्यता र साझेदारी प्रति पुन: प्रतिबद्ध रहेको बताए। 

डिजिटल कनेक्टिभिटीको माध्यमबाट बिमस्टेकका राष्ट्रहरुबीच नयाँ सम्बन्ध स्थापना हुन सक्ने भन्दै उनले विद्युत क्षेत्रमा लगानी गर्न सबै एकजुट हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell