PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

कनेक्टिभिटीमा मोदीको जोड, भने : भारतको नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउँछौं



पहिलोपोस्ट

कनेक्टिभिटीमा मोदीको जोड, भने : भारतको नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउँछौं

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल कनेक्टिभिटीको क्षेत्रमा भारतले आफ्नो नेसनल नलेज नेटवर्कलाई नेपाल, बंगलादेश, भुटान र श्रीलंकामा बढाउन प्रतिवद्ध रहेको बताएका छन्। 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मोदीले यस्तो प्रतिवद्धता जनाएका हुन्। 

उनले सन् २०२० को अगस्टमा भारतले अन्तर्राष्ट्रिय बुद्धिष्ट सभाको आयोजना गर्ने भन्दै सो सभामा बिम्स्टेकका सदस्य देशहरुलाई आतिथ्यता गर्न निमन्त्रणासमेत दिए। 

उनले बिम्स्टेकस्तरको अध्ययन केन्द्र स्थापनाको घोषणासमेत गरे। 'बंगालको खाडी क्षेत्रमा कला, संस्कृति, सामुन्द्रिक कानुन एवं अन्य विषयहरुको शोध तथा अध्ययनका लागि नालन्दा विश्वविद्यालयमा सेन्टर फर वे अफ बंगाल स्टडिजको स्थापना गर्ने छौं,' उनले भने। 

हिमालय र बंगालको खाडीसम्म जोडिएका देशहरु पटक प्राकृतिक विपत्तिको समाना गर्नुपरेको वाध्यता रहेको भन्दै उनले भने, 'कहिले बाढी, कहिले आँधी, कहिले भूकम्प। यस सन्दर्भमा एक अर्काको साथ मानवीय सहायता र विपत सहायताको प्रयासमा हाम्रो सहयोग र समन्वय अत्यन्त आवश्यक छ।‘ 

यस क्षेत्रका सबै देश आतंकवादको चपेटामा रहेको मोदीको भनाइ थियो। 'हामीमध्ये कुनै पनि देश यस्ता छैनन् जसले आतंकवाद र आतंकवादको सञ्जालसँग जोडिएका अन्तरदेशीय अपराध र लागू औषध तस्करी जस्ता समस्याको सामना नगरेका हुन्। नशालु पदार्थसँग सम्बन्धित विषयमा हामीले बिम्स्टेक फ्रेमवर्कमा सम्मेलनको आयोजना गर्न तयार छौँ,' उनले भने। 

मोदीले बिम्स्टेक सदस्य राष्ट्रबीच कनेक्टिभिटीका क्षेत्रमा व्यापार कनेक्टिभिटी, आर्थिक कनेक्टिभिटी, यातायात कनेक्टिभिटी, डिजिटल कनेक्टिभिटी र जनस्तरमा सम्बन्ध विस्तारको प्रचुर सम्भावना रहेको बताए।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell