PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कलंकीको अन्डरपासको दुई लेन आजबाट फेरि खुल्यो



पहिलोपोस्ट

कलंकीको अन्डरपासको दुई लेन आजबाट फेरि खुल्यो

काठमाडौं : संचालनमा आएको पाँच दिनमै प्राविधिक काम गर्ने भन्दै बन्द गरिएको कलंकी चोकको अण्डरपास बुधवारदेखि पुन:संचालनमा आएको छ।

चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले बुधवारबाट दुर्इलेन अण्डरपास संचालनमा  ल्याएको जानकारी दिए। उनका अनुसार फिनिसिङको काम बाँकी रहेकाले अण्डरपासको दायाँ बायाँ  इक्विपमेन्टहरु राख्नुपर्ने भएकाले दुर्इ लेन मात्रै संचालनमा ल्याइएको हो।

आयोजनाले  अण्डरपास संञ्चालन ल्याएपछि अत्यन्त धुलो उडेको र त्यसलार्इ सफा गर्न तथा अरु प्राविधिक कामहरु गर्नका लागि बन्द गरेको हो।

फिनिसिङ सक्न अझै दुर्इ महिना लाग्ने छ। अहिले अण्डरपास संचालनमा रहेपनि फिनिसिङ भएपछि उद्घाटन गर्ने आयोजनाले जनाएको छ।

अण्डरपासको पेमभेन्टमा  कालोपत्रे गर्ने,रङरोग गर्ने,लेन छुट्याउने लगायतका कामहरु बाँकी रहेको छ। उनका अनुसार अब अण्डरपास बन्द गरेर काम गर्नुपरे सार्वजनिक सूचना निकालेर मात्रै गरिनेछ।

अण्डरपाससँगै कोटेश्वर-कंलकी १०.४  किलोमिटर खण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको चक्रपथ सुधार योजनाले जनाएको छ।आगामी दुर्इ महिनाभित्रमा यो खण्डको सबै काम सकिने चक्रपथ सुधार योजनाले जनाएको छ। चिनियाँ सरकारको ५ अर्ब रुपैयाँ अनुदान सहयोगमा यो सडकखण्ड विस्तार भैरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell