PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विश्व वेपत्ता विरुद्धको दिवसमा नेपाली गीति भिडियो



पहिलोपोस्ट

विश्व वेपत्ता विरुद्धको दिवसमा नेपाली गीति भिडियो

काठमाडौं : ३० अगस्त, विश्व वेपत्ता विरुद्ध दिवसको अवसरमा वेपत्ता नागरिकको प्रसंगमा निर्माण भएको गीति भिडियो सार्वजनिक भएको छ।

‘आमा मेरो आमा’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। हाङयुग अज्ञातको शब्द रहेको गीतमा बेनुका राईको स्वर र दिनेश सुब्बाको संगीत रहेको छ।

नाट्यकर्मी सोमनाथ खनाल निर्देशित गीतको भिडियोमा कलाकारहरु बबिता मल्ल ठकुरी, सम्झना सिर्पाली र सिञ्जल भट्टराई फिचर्ड छन्। रविन्द्र न्यौपानेले खिचेको भिडियोमा किरण चाम्लिङ राईको सम्पादन रहेको छ। गीति भिडियोलाई अभिनेता दयाहाङ राईले निर्माण गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell