PahiloPost

May 16, 2026 | २ जेठ २०८३

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिगको ड्र सार्वजनिक

युरोपकको सबैभन्दा प्रतिष्ठिट क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक भएको छ।

मोनाकोमा बिहीवार राती भएको ड्र अनुसार साविक विजता रियल मड्रिडलाई केही सजिलो रहेको छ भने बार्सिलोना, लिभरपुल जस्ता टोली कठिन समूहमा परेका छन्।

यस्तै यसै सिजन मात्र युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले समूह चरणमा पूर्व क्लब म्यानचेष्टर युनाइटेड विरुद्ध खेल्ने भएका छन्।

युरोपका उत्कृषट ३२ क्लबलाई विभिन्न ८ समूहमा विभाजन गरेर ड्र सार्वजनिक गरिएको छ।

पछिल्लो तीन सिजनको विजेता रियल समूह जी मा रोमा, सिएसकेए मस्को र भिक्टवरिया प्लेजनसँगै परेको छ। यस्तै बार्सिलोना, टोटनहन हट्सपर, पिएसभी र इन्टरन मिलान समूह्य बी मा छन्।

फ्रेन्च च्याम्पियन पिएसजी, लिभरपुल, नेपोली र रेड स्टार बेलग्रेड समूह सी मा छन् भने प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी, साख्तर डोनेस्क, लियोन र होफेनहेइम समूह एफ मा छन्।

जर्मन च्याम्पियन वायर्नु म्युनिख, वेनफिका, अयाक्स र एइके एथेन्स समूह ई मा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell