PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी



पहिलोपोस्ट

रोनाल्डोलाई पछि पार्दै लुका मोडरिच बने युरोपको उत्कृष्ट खेलाडी

रियल मड्रिडबाट खेल्ने क्रोएसियन मिडफिल्डर लुका मोडरिच युरोपको उत्कृष्ट फुटबलर बनेका छन्।

युइएफएले हरेक वर्ष प्रदान गर्ने युरोपको उत्कृष्ट फुटबलरको अवार्ड पहिलो पटक जित्ने क्रममा उनले क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहलाई पछि पारे। मोडरिचले कूल ३१३ अंक पाउ रोनाल्डोले २२३ र सलाहले १३४ अंक पाए।

युरोपको उत्कृष्ट फुटबलरको अवार्ड रोनाल्डोले सर्वाधिक ३ पटक जितेका छन्।

मोडरिचको युरोपको उत्कृष्ट मिडफिल्डर समेत घोषित भए। यस्तै रोनाल्डो उत्कृष्ट फरवार्ड, केलर नाभास उत्कृष्ट गोलकिपर र सर्गियो रामोस उत्कृष्ट डिफेण्डर घोषित भए।  

यसैगरी युइएफए प्रेसिडेन्ट अवार्डबाट इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकहमलाई प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell