PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बिम्स्टेक साइड लाइनमा नेपाल-भारत द्विपक्षीय वार्ता हुँदै, रेललाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने



पहिलोपोस्ट

बिम्स्टेक साइड लाइनमा नेपाल-भारत द्विपक्षीय वार्ता हुँदै, रेललाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा अोली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय भेटवार्ता हुँदैछ। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी मुलुकको प्रयास (बिम्स्टेक) चौथो सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता हुन लागेको हो।

वार्तामा काठमाडौं-वीरगंज रेलवे लाइनको अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा अोलीको गत चैतमा भएको भारत भ्रमणका क्रममा दुर्इ देशबीच रक्सौल-काठमाडौँ इलेक्ट्रिफाइड रेल निर्माण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। एक वर्षभित्र डिपिअार तयार गरी पाँच वर्षभित्र रेल निर्माण सम्पन्न गर्ने सहमति दुर्इ देशबीच भएको थियो।

रेलगमार्ग निर्माण भारतीय लगानीमा हुने सहमतिअनुसार आज रेल लाइन अध्ययन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell