PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फ्राइडे रिलिजमा ‘मेरी मामु’



पहिलोपोस्ट

फ्राइडे रिलिजमा ‘मेरी मामु’

काठमाडौं : यो साता शुक्रबार नेपाली फिल्म ‘मेरी मामु’ प्रदर्शनमा आएको छ। यम थापा निर्देशित फिल्म बाल मनोविज्ञानमा आधारित छ। फिल्ममा बाल कलाकार आयुव सेनको मुख्य अभिनय रहेको छ।

फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्। आयुव उनैका छोरो हुन्। फिल्मका लागि आयुवले मण्डला थियटरमा अभिनय पनि सिकेका थिए। फिल्ममा भने आयुवसँगै अभिनेत्री अश्लेषा ठकुरी, सारुक ताम्राकार, कुसुम गरुङ लगायतको अभिनय छ।  

त्यस्तै यो साता बलिउड फिल्म 'स्त्री' नेपाल प्रदर्शनमा आएको छ। कमेडी जनरामा बनेको फिल्ममा अभिनेता राजकुमार राय, श्रद्धा कपुरको मख्य अभिनय छ। फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन्।

यो साता हलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन। प्रदर्शनमा धेरै फिल्म नभए पनि गत साता रिलिज भएको फिल्म ‘नाईं नभन्नु ल ५’ अझै प्रदर्शनरत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell