PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भुटानका सरकार प्रमुख लुम्विनी जाने



पहिलोपोस्ट

भुटानका सरकार प्रमुख लुम्विनी जाने
फोटो : रासस

काठमाडौं : भुटानका प्रधान न्यायाधीश तथा सरकारका प्रमुख सल्लाहकार दसत्त छिरिङ वाङचुक लुम्विनी भ्रमणमा जाने भएका छन्।
 
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका वाङचुक शनिबार लुम्विनी जाने कार्यक्रम तय भएको छ।
 
गत बुधवार नेपाल आएका उनी भोलि शनिबार लुम्विनी जाने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी लुम्विनीबाट फर्किएर शनिबार अपराह्न स्वदेश फर्किने छन्।
 
वाङचुकले यसअघि बुधवार काठमाडौंमा विभिन्न बौद्ध स्तुपाहरुको दर्शनसमेत गरेका थिए। 

शनिवार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि लुम्बिनी जाने कार्यक्रम रहेको छ। उनी भने आइतबार मात्र स्वदेश फर्किने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell