PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन'को समझदारीपत्रमा मा भयो हस्ताक्षर, अब बिद्युत निर्यात/आयात फराकिलो



पहिलोपोस्ट

'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन'को समझदारीपत्रमा मा भयो हस्ताक्षर, अब बिद्युत निर्यात/आयात फराकिलो
सूचना विभाग

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका क्रममा 'बिम्स्टेक ग्रिड इन्टरकनेक्सन' सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्र/विदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। 

यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ। यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको छ। अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell