PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

दर्शक भेट्न मोफसल पुग्ने साम्राज्ञी र धिरज



पहिलोपोस्ट

दर्शक भेट्न मोफसल पुग्ने साम्राज्ञी र धिरज

काठमाडौँ: फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ टिमले मोफसल प्रचार सुरु गर्ने भएको छ। भदौ १६ मा बिर्तामोडबाट निर्माण टिमले प्रचार सुरु गर्ने भएको हो। टिम भदौ १७ मा दमकहुँदै इटहरी,बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, चितवन र बुटवल पुग्नेछ।

अन्य फिल्मकर्मीले झैं फिल्म टिमले प्रचारका विभिन्न अस्त्र प्रयोग गरेका छन्। टिमले पछिल्लो समय सामाजिक सञ्जाल यूट्युब मार्फत फिल्मको प्रचार थालेका छन्।

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र डेब्यू कलाकार धिरज मगर अभिनित फिल्मलाई कोरियोग्राफर रेनशा बान्तवा राईले निर्देशन गरेकी हुन्। फिल्मको टाइटल अनुसार नै फिल्मको छायाँकन लण्डनमा भएको हो।

फिल्म भने आगामी असोज ५ गते प्रदर्शनमा आउनेछ।  यसअघि फिल्मका गीत र ट्रेलर सार्वजनिक भइसकेका छन्। फिल्मका दुई गीतलाई दर्शकले रुचाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell