PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

काठमाडौं घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्स्टेक शिखर सम्मेलन, श्रीलंकाले पाँचौ शिखर सम्मेलन गर्ने 



पहिलोपोस्ट

काठमाडौं घोषणापत्र जारी गर्दै सकियो चौथो बिम्स्टेक शिखर सम्मेलन, श्रीलंकाले पाँचौ शिखर सम्मेलन गर्ने 
फोटो : रासस

काठमाडौं : काठमाडौं घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन सम्पन्न भएको छ। बिहीवारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शुक्रवार काठमाडौं घोषणपत्र जारी गर्दै सकिएको हो। 

सम्मेलनका दौरान बिम्स्टेकको अध्यक्ष राष्ट्रको सरकार प्रमुखका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको आगामी अध्यक्षको रुपमा श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनालाई पद हस्तान्तरण गरेका छन्। 

श्रीलंकाले आगामी शिखर सम्मेलन आयोजना गर्ने छ।

नेपाल सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको अध्यक्ष चयन भएको थियो। प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेपछि सदस्य राष्ट्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे। 

प्रधानमन्त्री ओलीले सम्मेलन बिम्स्टेकलाई चलायमान, प्रभावकारी र परिणाममुखि क्षेत्रीय संगठन निर्माण तर्फ सम्मेलन सफल भएको बताएका छन्। 

'हामीले गरेका निर्णय तथा सहमतिहरु पूर्ण कार्यान्वयन भए मात्र क्षेत्रीय साझेदारीको लाभ जनतासँग पुग्नेछ। हाम्रा प्रतिवद्धताहरुलाई काममा बदल्नु हाम्रा लागि आगामी चुनौती हुन्,' उनले भनेका छन्, 'बिम्स्टेकको सार्थकता यसले गर्ने प्रगती र यसले दिने नतिजामा भर पर्ने छ।'   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell