PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

१८ औँ एसियाडमा नेपालको अब दुई खेल बाँकी : भलिबलमा आज खेल्दै, ट्रायथलन इभेन्ट शनिवार



पहिलोपोस्ट

१८ औँ एसियाडमा नेपालको अब दुई खेल बाँकी : भलिबलमा आज खेल्दै, ट्रायथलन इभेन्ट शनिवार

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड आगामी आइतबार समापन हुँदैछ।

एसियाका ४५ राष्ट्रले सहभागिता जनाएको एसियाली खेलमेलामा नेपालले पनि २९ खेलामा सहभागिता जनाएको थियो।

नेपालले अब दुई खेलमा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ। नेपालले इन्डोनेसियामा प्याराग्लाइडिङमा मात्र एक रजत जित्न सफल भयो। पदकको आशा गरिएको अन्य खेलमा भने नेपाल पदकको छेउछाउ पुग्न सकेन।

पुरुष भलिबलमा पदकको होडबाट बाहिरिसकेको नेपालले १६ औँ वरियताका लागि कीर्गिस्तानसँग आज खेल्दैछ। एसियाड भलिबलमा नेपालको यो अन्तिमा खेल हो। यसमा विजयी भए नेपाल १५ औँ हुनेछ र पराजित भए १६ औँ हुनेछ।

पुरुष भलिबलमा कूल २० टोलीले भाग लिएका थिए।
१३औँ स्थानको लागि भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ३-१ सेटमा पराजित भएको थियो। फोटो : एभिसी

यस्तै आजबाट सुरु भएको ट्रायथलन इभेन्ट अन्तर्गत नेपालले शनिवार र आइतवार प्रतिस्पर्धा गर्नेछ। ट्रायथलन पुरुष इभेन्टमा नेपालका दिपेश चौधरीले प्रतिस्पर्धा गर्नेछन् भने मिक्स इभेन्टमा दिपेशसहित बसन्त थारु, रोजा केसी र सुनिता गुरुङको टिमले प्रतिस्पर्धा गर्नेछ।

ट्राथलनको महिला इभेन्ट भने आज सकिएको छ। यसमा नेपालले सहभागिता जनाएन।

यस पटक नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै खेलमा सहभागिता जनाएपनि एक मात्र पदक जित्न सफल भयो। प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा नेपालले रजत पदक जितेको हो। एसियाडमा २० वर्षपपछि नेपालको यो दोस्रो रजत हो।

विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली प्याराग्लाइडिङ टिममा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए। नेपाल स्वर्ण जितेको जापानभन्दा २७ अंकले मात्र पछि परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell