PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

गायक हरिप्रसाद रिमालको अन्तिम संस्कार

गायक हरिप्रसाद रिमालको अन्तिम संस्कार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : वरिष्ठ अभिनेता, निर्देशक तथा रेडियो नेपालका पहिलो गायक हरिप्रसाद रिमालको पार्थिव शरीरलाई अन्तिम संस्कारका आर्यघाट लगिएको छ। स्रष्टालाई श्रद्धाञ्जली दिन कलाकार उनको निवास बानेश्वरमा पुगेका थिए। 

उनलाई श्रद्धाञ्जली दिन अभिनेत्री भुवन चन्द, बसुन्धरा भुषाल, चैत्य देवी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटी लगायत अन्य उपस्थित थिए।

शुक्रवार बिहान ९३ वर्षीय रिमालको बानेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो। रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’, ‘बिना बादल असिना आउँदैन’ जस्ता गीत चर्चित छन्। उनले ‘मनको बाँध’, ‘आमा’, ‘के घर के डेरा’ लगायतका फिल्ममा अभिनय गरेका छन्। रिमालका दुई छोरा, एक छोरी छन्।



ट्रेन्डिङ पोस्ट

Ncell