PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

संसदीय समितिका सभापतिको १७ गतेको निर्वाचन स्थगित



पहिलोपोस्ट

संसदीय समितिका सभापतिको १७ गतेको निर्वाचन स्थगित

काठमाडौँ : प्रतिनिधि सभाका १० वटा संसदीय समितिका सभापतिको आगामी १७ गते हुने भनिएको निर्वाचन कार्यक्रम स्थगित भएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गरेको विज्ञप्तिअनुसार अर्काे सूचना प्रकाशित नभएसम्म समितिका सभापति चयन सम्बन्धी सबै निर्वाचनका पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको हो। 

भदौ १६ गते सभापति उम्मेदवारको प्रस्ताव दर्ता गर्ने, भदौ १७ गते बिहान ११ बजेदेखि प्रारम्भ हुने समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्न कार्यक्रम थियो। 

प्रतिनिधिसभाअन्तर्गत शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता, कानून, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि समिति रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell