PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एउटै मितिमा दुई फिल्म, ‘बाँध मायाले’ टिमले थाल्यो प्रचार



पहिलोपोस्ट

एउटै मितिमा दुई फिल्म, ‘बाँध मायाले’ टिमले थाल्यो प्रचार

काठमाडौँ :  फिल्म ‘बाँध मायाले’ टिमले फिल्मको प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। ट्रेलर लभ, एक्सन र सस्पेन्सले भरिएको छ। प्रेम कथामा आधारित फिल्ममा आर्यन अधिकारी र सृष्टि श्रेष्ठको मुख्य अभिनय छ।

फिल्म आगामी असोज ५ गते प्रदर्शनमा आउनेछ। फिल्ममा आर्यन र सृष्टिसँगै नव कलाकार किशोर खड्का, राजाराम पौडल, रविन्द्र प्रताप सेन लगायतको अभिनय छ। फिल्मलाई सवीर श्रेष्ठले नर्देशन गरेका हुन्।

काइट्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको  फिल्ममा अर्जुन पोखरेलेको संगीत, बाबु श्रेष्ठको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। आर्यन र सृष्टिको फिल्म करियरका लागि यो फिल्म निकै महत्वपर्ण रहेको छ।

उनी दुवैका पछिल्ला फिल्म असफल भएका थिए। यो फिल्मसँगै अर्को फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनमा आउनेछ। त्यसैले अहिले फिल्म निर्माण टिमले फिल्मको प्रचार तिव्र पारेको हो। उता 'इन्टु मिन्टु लण्डनमा'ले पनि प्रचार सुरु गरिसकेको छ। अब एकसाथ प्रदर्शनमा आउँदा कुन फिल्मले कस्तो सफलता कमाउला त्यो पछि नै थाह हुनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell