PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : तेस्रो खेलमा नेपालले मलेसियासँग शनिवार खेल्ने, यस्तो छ विगतका नतिजा



पहिलोपोस्ट

एसिया कप छनोट : तेस्रो खेलमा नेपालले मलेसियासँग शनिवार खेल्ने, यस्तो छ विगतका नतिजा

काठमाडौँ : युएईमा आगामी सेप्टेम्वरमा हुने एसिया कपको लागि छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली क्रिकेट टोली अहिले त्यो समिकरणबाट धेरै टाढा छ। मलेसियामा बुधवारबाट सुरु भएको एसिया कप छनोटमा नेपालले लगातार दुई खेलमा पराजय बेहोर्‍यो।

दुई हारपछि प्रतियोगिताको फाइनल पुग्नै नेपाललाई कठिन देखिएको छ। त्यसका लागि नेपालले आफ्नो बाँकी तीनवटै खेल जितेर मात्र पुग्दैन अन्य खेलको नतिजा पनि आफ्नो पक्षमा पार्नुपर्नेछ।

विगतमा नेपालले यस्तो परिस्थिती सामना नगरेको पनि होइन तैपनि क्रिकेटमा सँधै भाग्यले साथ दिन्छ भन्ने पनि छैन।

टोली सम्मिलित छनवटमा युएई र ओमानले लगातार दुई खेल जितेर ४ अंक जोडिसक्यो। दुई हारपछि नेपाल र सिंगापुर अंकविहिन छ।

अंक जोड्ने लक्ष्यसहित नेपालले शनिवार तेस्रो खेल घरेलु टोली मलेसियासँग खेल्दैछ। मलेसियाले पहिलो खेलमा हङकङलाई पराजित गर्दै विजयी सुरुवात गरेपनि दोस्रो खेलमा ओमानसँग पराजित भयो।

पहिलो खेलमै ओमानसँग हारेको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भयो। ओडिआई मान्यता प्राप्त उक्त खेलमा नेपालले बलिङमा सुधार गरेपनि ब्याटिङमा पुरानै समस्या कायम रह्यो।

यद्यपी नेपालको फाइनल पुग्ने सम्भावना भने अझै सकिएको छैन। नेपालले बाँकबी तीद्द खेल जित्ने युएईले पनि बाँकी तीन खेल्ने जित्ने अनी हङकङले ओमानलाई पराजित गरेको खण्डमा नेपालको शीर्ष दुईको समभावना अझै बाँकी छ। त्यसका लागि रनरेटमा पनि सुधार गर्नुपर्नेछ।

त्यही लक्ष्यका साथ नेपालले भोली किनरारा ओभल मैदानमा मलेसियासँग खेल्नेछ। खेल नेपाली समयअनासर बिहान सवा ७ बजे सुरु हुनेछ।

अघिल्लँ दुई खेलमा एउटै प्लेइङ-११ रहेको नेपालको टोलीमा मलेसिया विरुद्ध खेल्दा केही परिवर्तन हुने सम्भावना पनि छ।

पछिल्लो पटक नेपालले सन् २०१४ को डिभिजन थ्री मा मलेसियासँग खेलेको थियो। मलेसियामै भएको उक्त खेलमा नेपाल डिएल मेथडमा ३६ रनले विजयी भएको थियो।

नेपालले एकदिवसिय क्रिकेटमा मलेसियासँग हारेको छैन। अखहिलेसम्म भएको छ खेल नेपालले जितेको छ।

सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपालले मलेसियालाई २५ रनले पराजित गरेको थियो।

यस्तै २०१० को एसीसी ६रफी एलिटमा नेपालले मलेसियालाई ८ रनले पराजित गरेको थियो भने २०१२ मा भएको डिभिजन ४ मा नेपालले मलेसियामाथि १० विकेटको जित हात पारेको थियो।

२०१२ कै एसीसी ट्रफी एलिटमा नेपालले मलेसियालाई २१ रनले पराजित गरेको थियो भने २०१४ को एसीसी प्रिमियर लिगमा नेपाल ५ विकेटले विजयी भएको थियो।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell