PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एसियाड : भलिबलमा २० राष्ट्रमध्ये नेपाललाई १५औँ स्थान



पहिलोपोस्ट

एसियाड : भलिबलमा २० राष्ट्रमध्ये नेपाललाई १५औँ स्थान
फोटो : एभिसी

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपाल १५औँ भएको छ।

एसियाका २० राष्ट्र सहभागी भएकोमा नेपालले १५औँ स्थान हात पारेको हो।

१५औँ स्थानको लागि शुक्रवार नेपाल र कीर्गिस्तानबीचको खेल तय भएको थियो। तर कीर्गिस्तानले खेलमा सहभागिता नजनाएपछि नेपाल स्वत ३-० सेटले विजयी भएको हो। कीर्गिस्तानले नखेलेपछि नेपालले वाकओभर पाएको हो।

'विपक्षी टिमले खेलमा भाग नलिएपछि हामी ३-० को सेटमा विजयी भयौँ।' इन्डोनेसियाबाट नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले पहिलोपोस्टलाई भने। 'उनीहरुको केही खेलाडी घाइते भएकाले नखेलेका हुन्।'

शीर्ष १० भित्र पर्ने लक्ष्यसहित इन्डोनेसिय पुगेको नेपालले समूह चरणको  दुई खेलमा सोझो सेटमा हार बेहोरेपछि १३औँ स्थानको लागि क्वाटरफाइनल खेलेको थियो। जसमा मंगोलियालाई हराएपनि नेपाल १३औँ स्थानको लागि भएको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको थियो।

३२ वर्षपछि एसियाडमा सहभागीता जनाएको नेपालको पुरुष टोलीले मंगोलियालाई ३-१ को सेटमा पराजित गर्दै एसियाडमा पहिलो जित हात पारेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell