PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मारियानो डियाजले रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने



पहिलोपोस्ट

मारियानो डियाजले रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने

सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्स गएपछि स्पानिस जायन्ट रियल मड्रिडमा ७ नम्बर जर्सी लगाउने खेलाडी को हुन् भनेर निकै बहस चल्यो।

ला लिगाको नयाँ सिजन सुरु हुँदा समेत रियलले ७ नम्बर जर्सी खाली राखेको थियो। क्लबै युवा स्टार मार्को असेन्सिओ वा यसै सिजन क्लब भित्रिएका भिनिसिओस जुनियर कसले यो जर्सी लगाउने भन्ने बहस पनि चलेको थियो।

तर अब रियल मड्रिडमा यी दुई नभएर अर्कै खेलाडीले ७ नम्बर जर्सी लगाउने भएका छन्।

दुई दिनअघि मात्र फ्रेन्च क्लब लियोनबाट सान्टियागो बर्नाबेउमा फर्केका मारियानो डियाजले रियलको ७ नम्बर जर्सी लगाउने भएका छन्। क्लबले शनिवार डियाजलाई ७ नम्बर जर्सी सहित प्रस्तुत गरेको हो।

रियल मड्रिडकै सी टिम हुँदै बी टिम र सिनियर टिमसम्मका खेलेका डियाज गत सिजन मात्र लियोन पुगेका थिए। फ्रान्समा एक सिजन बिताएपछि उनी रियल फर्केका हुन्।

२५ वर्षीय डियाजले स्पानयोलबाट युथ करियर सुरु गरेका थिए भने बार्सिलोनाका लागि पनि खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell